२८ साउन, काठमाडौं । गृह मन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्दार सामाग्रीहरु तयारी अवस्थामा राखेपनि आफू जान नसकेको बताएका छन् ।

मौसम प्रतिकुलताका कारण जान नसकेको र मौसम खुल्ने वित्तिकै त्यसतर्फ जाने उनले बताएका छन् । बाढीको चपेटामा परेकालाई तत्काल राहत र उद्दार आवश्यक रहेको भन्दै गृहमन्त्रीले त्यसको आवश्यक तयारी सरकारले गरिसकेको पनि बताए ।

‘उद्दार र राहत सामाग्री एयरपोर्टमा स्ट्याण्डबाई छन् मौसम प्रतिकुलताका कारण हेलिकप्टर उड्न नसक्दा जान सकिएको छैन’, गृह मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ।

बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारण गाउँहरु डुबानमा परेपछि, सुर्खेतबाट उद्धार टोली त्यसतर्फ पठाउन पनि गृहमन्त्री शर्माले निर्देशन दिएका छन् ।