३ वैशाख, काठमाडौ ।
मूल्यवृद्धि लक्षित सीमाभित्रै रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको आर्थिक अवस्थासम्बन्धी तथ्यांकमा यस्तो देखाइएको हो । अघिल्लो वर्ष ९ प्रतिशतको हाराहारीमा रहेको मूल्यवृद्धिदर यो वर्ष ७ प्रतिशतमै सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनाको वस्तु तथा सेवाको मूल्यवृद्धिदर ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धिदर ८ दशमलब ९ प्रतिशत थियो । सरकारले यो वर्ष मुल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो । गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक वृद्धिदर कम भएका कारण समग्र मूल्यवृद्धिदर सीमाभित्रै रहेको हो ।
फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक ९ दशमलब ५ प्रतिशत तथा गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको वृद्धिदर ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमशः १०.८ प्रतिशत र ७.१ प्रतिशतले वृद्धि भएको थियो ।

Nepal-Rastra-Bank
खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उप(समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ । त्यस्तै मदिराजन्य पदार्थ उप(समूह र दुग्ध पदार्थ तथा अण्डा उप(समूहको मूल्य सूचकाङ्कमा क्रमशः २१.१ प्रतिशत र १६.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी मूल्य सूचकांक वृद्धिदर दाल तथा गेडागुडी उप(समूहको १६.७ प्रतिशत र र मसला उप(समूहको मूल्य सूचकाङ्कमा १२.० प्रतिशतले वृद्धि भएको छ । गैर(खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता(चप्पल उप(समूहको मूल्य सूचकाङ्क सबैभन्दा बढी अर्थात् १०.० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै फनिर्नङ्गि तथा घरायसी उपकरण उप(समूह र अन्य वस्तु तथा सेवा उप(समूहको मूल्य सूचकाङ्कमा क्रमशः ८.९ प्रतिशत र ८.३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उक्त उप(समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.४ प्रतिशत र ६.५ प्रतिशतले वृद्धि भएको थियो ।फागुनमा मनोरञ्जन तथा संस्कृति उप(समूह र शिक्षा उप(समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.२ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उल्लिखित उप(समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ७.५ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाड र काठमाडौं उपत्यका दुवै क्षेत्रहरुको मूल्य सूचकाङ्कमा ७.१ प्रतिशतले वृद्धि भएको छ भने तराई क्षेत्रको मूल्य सूचकाङ्कमा ६.९ प्रतिशतले वृद्धि भएको छ ।