महाभारत कालमा खलनायकको रुपमा प्रस्तुत भएका दुर्योधन यदि आफ्ना मामा शकुनीको कुरामा नआएको भए सायद आज उनलाई महाभारतको कालको सबैभन्दा राम्रो पात्रको रुपमा सम्झिने गरिन्थ्यो होला, किनकि उनमा अर्जुन र भीमभन्दा कम प्रतिभा थिएन । उनी एक राम्रो मित्र पनि साबित भएका थिए ।

तर, महाभारतको कहानीले दुर्योधनलाई क्षण–क्षणमा ईष्र्याले भरिएको बताउँछ । यद्यपी, केही इतिहासकारका अनुसार, दुर्योधनले त्यही गरिहेका थिए, जुन कौरवका लागि उत्तम थियो । लाखौँ सेनाका बावजुद पनि कौरवले पाण्डवलाई हराउँन सकेनन् । यो घटना त्यस समयको हो, जब रगतमा लतपतिएका दुर्योधन रणभूमिमा जमिनमा लडेका थिए ।

जमिनमा लडिरहेका दुर्योधन आफ्नो तीन औँला उठाएर केही बरबराईरहेका थिए । तर, पिडाका कारण उनको आवाज बुझिने अवस्थामा थिएन । त्यहीबेला कृष्ण उनको छेउ गए र उनको दुविधाको कारण सोधे, तब दुर्योधनले महाभारत युद्धका अवधिमा तीन गल्ती गरेको बताए । जान्नुहोस् ती तीन गल्तीहरु के–के थिए ।

पहिलो गल्ती – दुर्योधन स्वयंले नारायणको स्थानमा उनको नारायणी सेनालाई छाने । यदि नारायण युद्धमा कौरवहरुको पक्षमा भएको भए, आज परिणाम अर्कै हुन्थ्यो ।

दोस्रो गल्ती – आफ्नी आमाले लाखौँ पटक भने पनि दुर्योधन पातको धोती लगाएर गए । यदि उनी नग्नअवस्थामा आमाको अगाडि गएको भए, उनलाई कुनै पनि योद्धाले परास्त गर्न सक्ने थिएनन् ।

तेस्रो गल्ती – युद्धमा अन्तिम समयमा जानु दुर्योधनको तेस्रो गल्ती थियो । यदि उनी पहिले नै गएका भए, धेरै कुरा बुझ्न सक्थे ।

यद्यपी, यी सबै सुनेपछि श्रीकृष्णले नम्रताका साथ दुर्योधनलाई भनेका छन, ‘हारको मुख्य कारण तिम्रो अधर्मी व्यवहार र आफ्नै कुलवधुको बस्त्रहरण गराउँनु थियो । तिमीले आफ्नै कर्मबाट आफ्नो भाग्य लेख्यौँ ।’