बलिउडमा कयौं नायिकाहरुको मृ्त्यु अचानक भएको छन्। यी नायिकाहरुले छोटो समयमै निकै नाम कमाए। यी यस्ता नायिका हुन जो फिल्म इन्डस्ट्रीको सबैभन्दा बढी पारिश्रमिक लिने नायिका हुने गर्थे। कम समयमै मृत्युवरण गरेपनि आफ्नो सफल अभिनय करिअरको क्रममा करोडौंको सम्पति कमाए र आफ्नो परिवारलाई छोडेर गए। यहाँ यस्तै ४ नायिकाको बारेमा उल्लेख गरिएको छ।

सौन्दर्या

तमिल फिल्मकी चर्चित नायिका सौंदर्याको निधन ३२ वर्षको उमेरमा भएको थियो। उनले १४० भन्दा बढी फिल्ममा काम गरेकी थिइन। बलिउडको चर्चित फिल्म ‘सूर्यवंशम’मा अमिताभ बच्चनको हिरोइन भएर फिल्म खेलिन। सन् २००४ मा भएको विमान दुर्घटनामा उनको मृत्यु भएको थियो। भनिन्छ कि उनले ५० करोड भारु भन्दा बढी सम्पति छोडेर गइन।

श्रीदेवी

बलिउडकी नायिका श्रीदेवीको निधन निकै रहस्यमय ढंगले भएको थियो। सन् २०१८ मा दुबइमा बाथटबमा चिप्लिएर उनको मृत्यु भएको बताइन्छ। श्रीदेवी ती नायिकाहरुमा पर्छिन् जसले इज्जत संगै धन पनि उस्तै कमाइन। विभिन्न मिडिया रिपोर्टस् अनुसार उनले २४७ करोड भारु सम्पति छोडेर गइन।

जिया खान

नायिका जिया खानले कम उमेरमै बलिउडमा सफलता हासिल गरेकी थिइन। सन् २०१३ मा २५ वर्षको उमेरमा उनले आत्महत्या गरेकी थिइन। उनले आफ्नो करिअरमा अमिताभ बच्चन, आमिर खान जस्ता दिग्गज अभिनेतासंग काम गरेकी थिइन। उनले सम्भावित उज्जवल भविष्य सहित १०-१५ करोड भारु सम्पति छोडेर गइन।

दिव्या भारती

बलिउडकी सबैभन्दा राम्री नायिका मानिने दिव्या भारतीको मृत्यु केवल १९ वर्षको उमेरमा भएको थियो। त्यो समयमा उनी सबैभन्दा बढी पारिश्रमिक लिने नायिका थिइन। १४ वर्ष उमेर देखि नै उनलाई फिल्महरुको अफर आउन थालेको थियो। १ वर्ष भन्दा कम समयमा उनले १४ वटा फिल्ममा काम गरेकी थिइन्। सन् १९९३ मा मुम्बइ स्थित अपार्टमेन्टको बाल्कोनीबाट खसेर उनको मृत्यु भएको थियो। सो समय उनले एउटा फिल्मको २५ लाख भारु सम्म लिने गर्थिन। उनको सम्पति बारे कुनै जानकारी भेटिएको छैन।