४ असोज, एजेन्सी ।

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परी १३४ जनाको मृत्यु भएको छ । भत्किएका भवनहरुमा अझै दर्जनौं फसेको आशंका गरिएको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो १:१४ बजे ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

मेक्सिको उच्च भूकम्पीय जोखिम भएको स्थानको रुपमा चिनिन्छ । करीब दुईसाता अघिमात्रै मेक्सिकोको दक्षिणी इलाका ओसाकामा ८.१ म्यानिच्यूडको भूकम्प जाँदा ९० जनाएको मृत्यु भएको थियो ।