२४ असार, झापा । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७७६ मत ल्याएर निर्वाचित भएका छन ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विष्णु प्रसाईंले १९ हजार ४२२ मत ल्याए । नेकपा माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६९४ मत ल्याएर तेस्रो स्थानमा छन ।

उपमेयरमा नेकपा एमालेकी मिना पोखरेल उप्रेती विजयी भएकी छन । उनले १९ हजार ९९४ मत ल्याएकी छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाइन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयरका उम्मेद्वार इन्दिरा कार्कीले ७ हजार ६६८ मत ल्याएकी छन ।