कुशल श्रेष्ठ

हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन। तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।Methi

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथी खानुका फाइदाहरू
  • मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्। (काटेको घाउलाई निको पार्ने घरेलु उपायको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
  • प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ। (महिलाको स्तनको बारेमा विस्तृत जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्)
  • हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।
मेथीमा के-कस्ता पौष्टिक तत्वहरू पाइन्छन्?

nutrients in methi

मेथी के-के कुराको लागि प्रयोग गर्न सकिन्छ?

Methi Leavesमेथीका अनगिन्ती फाइदाहरूको बारेमा त माथि नै उल्लेख गरिसक्यौँ। त्यसलगायत यसलाई घरेलु उपचारका विधिमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै;

१. कोलेस्ट्रोल नियन्त्रण

हालै भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने पत्ता लागेको छ। (कोलेस्ट्रोल घटाउन कुन खानाले मद्दत गर्दछ, जान्न यहाँ क्लिक गर्नुहोस्)

त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुको राम्रो उपाय भनेको दिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खानु हो। यसलाई तपाईँले दैनिक आहारमा राखेर पनि खान सक्नुहुन्छ भने पानीसँग पनि खान सक्नुहुन्छ।

२. मधुमेहको उपचार र रगतमा ग्लुकोजको मात्रा घटाउन

प्रकार २ को मधुमेह भएका व्यक्तिहरूले मेथीको दाना खाएपछि उनीहरूको रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घटेको एक खोजबाट देखिएको थियो। त्यसैले चिकित्सकको सल्लाहअनुसार प्रकार २ को मधुमेहलाई उपचार गर्ने घरेलु उपाय भनेको मेथीको दाना खानु हो, तर त्यसको लागि तपाईँले दिनमा कम्तीमा पनि १००० मिलिग्राम मेथी खानुपर्ने हुन्छ।(मधुमेह हुँदा के-कस्ता लक्षणहरू देखापर्दछन्, जान्न यहाँ क्लिक गर्नुहोस्)

यो कुरामा ध्यान दिनुपर्ने हुन्छ कि, मधुमेह भएका व्यक्तिहरूले धेरै मात्रामा मेथीको सेवन गर्नुहुँदैन। किनभने, शरीरमा ग्लुकोजको मात्रा कम भएमा पनि रिङ्गटा लाग्ने, बान्ता हुने र बेहोस हुने जस्ता समस्या पनि निम्तिन सक्छ।(मधुमेहको उपचार विधिको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

३. मुटुको समस्याको रोकथाम

मेथीमा पाइने ग्लाक्टोमेनन (Glactomanon) ले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसमा पोटासियम पनि पाइने हुनाले शरीरको रक्तचाप र मुटुको धड्कनलाई नियन्त्रण गर्न मेथीको सेवन गर्नुपर्ने हुन्छ। (मुटुरोगबाट बच्ने अन्य उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

४. मोटोपना घटाउन

थरी-थरीका शारीरिक व्यायाम र खानपिनमा ध्यान दिँदा दिँदै पनि अधिकांशको मोटोपनामा नियन्त्रण भैरहेको हुँदैन। यदि यस्तो अवस्था छ भने, बिहान उठ्ने बित्तीकै खाली पेटमा १ चम्चा मेथीको धूलो मनतातो पानीसँग खानुहोस्। यसमा भएको फाइबरले गर्दा तपाईँलाई धेरै भोक लाग्न दिँदैन र बिस्तारै मोटोपनामा पनि नियन्त्रण हुँदै जान्छ। (सुतीसुती मोटोपना घटाउन के गर्नुपर्छ? जान्न यहाँ क्लिक गर्नुहोस्)

५. छालाको समस्याको उपचार

छालामा आएको दाग, खटिरा अनि घाउको लागि पनि मेथीको दानाले उपचार गर्न मिल्दछ। त्यसको साथसाथै, आगोले पोलेको, हतियारले काटेको, लुतो, पिलो, डण्डिफोर जस्ता समस्यालाई रोक्न पनि मेथीले सहयोग गर्दछ। त्यसको लागि;

६. कपाल झर्ने समस्याबाट बच्न

दिनहुँको भोजनमा मेथी मिसाएर खाँदा त धेरै फाइदा हुन्छ, त्यसको साथसाथै, दानालाई धुलो बनाएर त्यसको लेदोलाई कपालमा बाकुलो गरेर लगाउनाले कपाल झर्ने, चाँया पर्ने जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ। (कपाल झर्ने समस्याबाट बच्न के गर्नुपर्छ? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

७. मुटु पोल्ने र ग्यास्ट्रिकको समस्याको प्राकृतिक उपचार

मेथीको दानामा प्रशस्त मात्रा म्युसिलेज (Mucilage) पाइन्छ, जसले मुटु पोल्ने र ग्यास्ट्रिक जस्ता समस्यालाई राहत पुर्याउँदछ। त्यसैले यदि तपाईँलाई मुटु पोल्ने समस्या छ भने, आफ्नो खानामा १ चम्चा मेथीको धूलो राखेर खानुहोस् अथवा खाना खानुभन्दा अगाडि पानीसँग मेथीको दाना चपाउनुहोस्। (पेटको दुखाईबाट कसरी छुट्कारा पाउने, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

८. ज्वरोको लागि घरेलु उपचार

मेथीको दानालाई कागती र महमा मिसाएर खानाले शरीरको ज्वरोलाई धेरै नै कम गर्दछ। ज्वरो आउँदा हाम्रो पुरै शरीर तातो र शिथिल हुने गर्दछ, यस्तो अवस्थामा मेथीले पेनकिलर (painkiller) को काम गर्दछ। त्यसैले ज्वरोको उपचारको लागि, दिनमा ३ चोटी २ चम्चा मेथीको दाना कागतीको रस र १ चम्चा महसँग चपाउनुहोस्। (ज्वरोलाई घरमै बसेर कसरी उपचार गर्ने? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

९. स्तनको आकार बढाउन

महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्। त्यसैले, महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्। प्रतिदिन महिलाहरूले कम्तीमा पनि ३ ग्राम मेथी खानुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। (स्तनको क्यान्सर र रोकथामको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

१०. प्रशवावस्थालाई सहज गराउन

आजकाल, महिलाहरूको खाने बानीले गर्दा प्रशवावस्थामा धेरै पीडा भोग्नुपर्ने हुन्छ। तर, मेथी यस्तो औषधी हो, जसले महिलाहरूको प्रशवावस्थाको समस्यालाई पनि हल गर्न सक्दछ। यसमा भएको स्टिमुलस (Stimulus) ले गर्भाशयको मुखलाई सक्रिय गराउँदछ, जसले गर्दा बच्चा जन्माउनमा सहज हुन्छ। तर, चिकित्सकको सल्लाहबमोजिम मात्रै महिलाहरूले यसको सेवन गर्नुपर्दछ।

११. सुत्केरी महिलाहरूमा दूध उत्पादन शक्ति बढाउन

प्राचीन समयमा पनि सुत्केरी महिलाहरूको दूध उत्पादनको लागि मेथीलाई प्रयोग गरेको पाइएको छ। अनुसन्धानबाट पनि, सुत्केरी महिलाले मेथी खाएको २४ देखि ७२ घण्टा भित्रमा ५०० प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पाइएको छ। यस्तो किन हुन्छ भनेर कुनै ठेट प्रमाण भने भेटिएको छैन। तर यसमा भएको चिल्लो पदार्थले मूख्य भूमीका खेलेको हुन सक्ने अनुसन्धानकर्ताहरूको राय छ। त्यसैले दिनमा ३ पटक कम्तीमा पनि ५०० मिलिग्राम मेथीको सेवन गर्नाले सुत्केरी महिलाहरूको दूध उत्पादनमा वृद्धि हुन्छ।

मेथी खानुका बेफाइदाहरू

“बत्ती मुनि अवश्य नै अँध्यारो हुन्छ”, यो संसारमा अवस्थित हरेक कुराहरूको आ-आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

  • सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ। सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ। (एलर्जीबाट बच्ने उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
  • गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।
  • यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।
  • बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ। (नवजात शिशुको ज्वरोलाई कम गर्ने उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
यो पनि हेर्नुहोस्-
दम रोगको घरेलु रोकथामका उपाय
नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्
हृदयघातबाट बच्न कुन तेल खाने?
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन
प्याँज काट्दा किन आँशु आउँछ?