१३ बैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा चर्चामा रहेका केशव स्थापित जिल्ला कमिटीको सिफारिसमै परेनन् ।

 स्थापितले आफू मेयरको उमेद्बार भन्दै चर्चा सुरु गरेपनि जिल्ला कमिटीको सिफारिसमा नपरेका हुन् । एमाले काठमाडौं जिल्ला कमिटीले आज ५ जना मेयर र ५ जना उपमेयरको नाम सिफारिस गर्दा स्थापित बाहिरिएका छन् ।

जिल्ला कमिटीले विद्यासुन्दर शाक्य, विदुर मैनाली, कल्पना रिजाल, जीवनराम श्रेष्ठ र बसन्त मानन्धरलाई मेयरमा सिफारिस गरिएको हो ।

यस्तै उपमेयरमा शान्ति अधिकारी, रत्न गुरुङ, विद्या न्यौपाने, श्यामकृष्ण भण्डारी र इन्दिरा पन्तको नाम सिफारिस गरेको छ । सिफारिसका आधारमा एमाले स्थायी कमिटीले उमेद्बारको टुंगो लगाउनेछ ।