१ साउन, जाजरकोट ।

चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नगरपालिकाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना बनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।

धेरै सम्भावना बोेकेको नगरपालिकामध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल कडा रुपमा प्रस्तुत भएका हुन् ।

विगतका योजनाहरु कडाईका साथ अनुगमन गर्नुका साथै अव बन्ने योजना वस्तुवादी बनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नगरपालिका र गाउँपालिकामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि सावन ७ गतेलाई वैठक सारिएको छ ।

यसैबीच दैनिक बजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नगरपालिकाले दैनिक सरसफाई अभियान थालेको छ । मेयर टेकवहादुर रावलको नेतृत्वमा दैनिक विहानै कुचो समातेर यहाँको दल्ली, कालीमटी, वगारा लगाएका मुख्य वजारमा सरसफाई हुँदै आएको छ ।