९ जेठ, एजेन्सी ।

अभिनेता सैफ अली खान र उनकी पूर्वपत्नी अमृता सिंहले कहिल्यै आफ्नो सम्बन्धबिच्छेदलाई लिएर खासै बोलेनन् । सम्बन्धबिच्छेद भएको १० बर्ष बितिसक्दा पनि एक–अर्कालाई नराम्रो केही भनेनन् ।

तर, सैफ अली खानले सन् २००५ मा एक अखबारलाई दिएको अन्तरवार्ता हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा सैफले आफ्नो व्यक्तिगत जीवनको बारेमा केही खुलासा गरेका छन् । कुराकानीका क्रममा सैफले आफू र अमृताको सम्बन्धका बारेमा बोल्दै भनेका छन्, ‘ जब तपाईलाई बारम्बार ‘तपाई बेकामको हुुनुहुन्छ’ भन्ने महसुश गराइन्छ, प्रत्येक समय तपाईको आमा र बहिनीलाई गाली गरिन्छ भने तपाईलाई धेरै नराम्रो लाग्छ । म धेरै लामो समयसम्म यो परिस्थितिबाट गुज्रेको छु ।’

यसपछि सैफले सम्बन्धबिच्छेद पछि अमृतालाई दिइएको खर्चका लागि दिइएको रकम बारे चर्चा गरिएको छ । सैफले अमृतालाई ५ करोड रुपैयाँ दिएको बताएका छन् र जबसम्म उनका छोरा १८ बर्षका हुँदैनन्, तबसम्म प्रत्येक महिना एक लाख दिने बताएका छन् । सैफले भनेका छन्, ‘म कुनै शाहरुख खान होइन र मसँग त्यति धेरै पैसा पनि छैन । मेरो घर पनि अमृता र बच्चाककै लागि हो ।’

त्यस समय सैफ ‘रोजा’ नामक एक अमेरिकी युवतीसँग प्रेममा थिए । यस बारे बोल्दै सैफले भनेका छन् ‘रोजा फिल्म उद्योगभन्दा बाहिरकी युवती हुन् र हामी एक–दुई कोठा भएको एकै फ्ल्याटमा बस्छौ । उनको साथ रहिरहँदा म आफूलाई बेकार छु जस्तो महसुश हुन्न ।’