कुशल श्रेष्ठ

धेरैलाई यस्तो समस्या आउन सक्छ। कसैले झुक्किएर फोटोहरू डिलिट गर्ने गर्छन् भने कसैले थाहा नै पाउँदैनन् कि फोटो कसरी हरायो भनेर।

तर नआत्तिनुस्, सबै यसको समाधान पनि छ। तपाईँको एण्ड्रोइड मोबाइल अथवा ट्याबलेटबाट हराएका फाइलहरूलाई फेरि फिर्ता ल्याउन सक्नुहुन्छ।

एण्ड्रोइडबाट हराएको फाइल कसरी फिर्ता ल्याउने?

१. यदि फोनको मेमोरी कार्डबाट फाइल हराएको भएः

क. यदि तपाईँको फोनको मेमोरी कार्डबाट फोटो अथवा कुनै फाइलहरू हटेको भए,    मेमोरीकार्ड झिक्नुहोस् र कार्ड एडप्टरको माध्यमबाट कम्प्यूटरमा जोड्नुहोस्।

ख. त्यसपछि, कम्प्यूटरमा ‘रिकुभा’ (Recuva) सफ्ट्वेयर डाउनलोड गर्नुहोस्। यसले तपाईँको हराएको फाइललाई फिर्ता ल्याउन मद्दत गर्दछ। (रिकुभा सफ्ट्वेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)

ग. रिकुभा सफ्ट्वेयर डाउनलोड गरेर त्यसलाई खोल्नुहोस्।

घ. यो सफ्ट्वेयरमा सबैभन्दा सुरुमा गर्नुपर्ने काम भनेको हराएको ‘फाइलको प्रकार’ छनौट गर्नु हो। यदि तपाईँको फोटो हराएको भए ‘पिक्चर्स’, भिडियो हराएको भए ‘भिडियोज’ अनि म्यूजिक हराएको भए ‘म्यूजिक’ छनौट गर्नुहोस्।Recuva File Type Selection

ङ. त्यसपछि, कुन ड्राइभ अथवा फोल्डरबाट हराएको फाइल फिर्ता ल्याउनुपर्ने हो भनेर छनौट गर्नुपर्ने हुन्छ। (नोटः यसले त्यो फोल्डरको लोकेसन मात्र देखाउँछ, जसबाट यसले फाइललाई फिर्ता ल्याउन सक्छ)

च. फोल्डर अथवा ड्राइभको लोकेसन छनौट गरिसकेपछि अब ‘रिकभर…’ मा क्लिक गर्नुहोस्। यसले तपाईँको मेमोरी कार्डबाट हराएका फाइलहरूलाई खोज्न थाल्नेछ र सकेसम्म फिर्ता ल्याउने कोशिस गर्दछ।Recuva Scanning Deleted Files

छ. त्यसपछि तपाईँको फाइलहरू फिर्ता आइसकेपछि, सुरुमा त्यसलाई मेमोरी कार्डमा नराखी कम्प्यूटरकै अर्कै कुनै फोल्डरमा लगेर राख्नुहोस्। ‘रिकुभा’ सफ्ट्वेयर चलाउँदै गर्दा फिर्ता आइसकेको फाइललाई मेमोरी कार्डमा लगेर राख्दा समस्या आउन सक्छ। तपाईँको काम सिद्धिसकेपछि मात्रै मेमोरी कार्डमा फिर्ता आएका फाइलहरूलाई राख्नुहोस्।

२. यदि फोनको आन्तरिक मेमोरीबाट फाइल हराएको भएः

क. यदि तपाईँको मेमोरी कार्डबाट नभई फोनकै आन्तरिक (इन्टर्नल) मेमोरीबाट फाइलहरू हराएको भएपनि चिन्ता नगर्नुहोस्। त्यसको समाधान पनि छ।

ख. यदि तपाईँको एण्ड्रोइड डिभाइसमा ‘डेभलोपर अप्सन’ (Developer Option) सुचारु गर्नुभएको छैन भने यसो गर्नुहोस्ः

  • सेटिङ्ग्स (Settings) मा जानुहोस्।
  • अबाउट फोन (About Phone) अथवा अबाउट डिभाइस (About Device) मा क्लिक गर्नुहोस्।
  • त्यसपछि, सबैभन्दा तल रहेको ‘बिल्ड नम्बर’ (Build Number) मा ७ चोटि ट्याप गर्नुहोस्। भन्नाले ७ चोटि क्लिक गर्नुहोस्। यति गरिसकेपछि, तपाईँको एण्ड्रोइड डिभाइसमा ‘डेभलोपर अप्सन’ सुचारु हुनेछ।
  • यसपछि, फेरि सेटिङ्ग्स (Settings) भित्रको ‘डेभलोपर अप्सन’ (Developer Option) मा क्लिक गर्नुहोस्।
  • त्यहाँ ‘यूएसबी डिबगिङ्ग’ (USB Debugging) देख्न सक्नुहुनेछ, त्यसमा टिक लगाउनुहोस्।

ग. यति गरिसकेपछि अब ‘रिकुभा’ले तपाईँको फोनको आन्तरिक मेमोरीबाट पनि हराएका फाइलहरूलाई फिर्ता ल्याउन सक्नेछ।

घ. त्यसको लागि माथिकै प्रक्रियाहरू अपनाउनुहोस्।

यो पनि हेर्नुहोस्-
मोबाइलमा समस्या ल्याउने ६५ एण्ड्रोइड एप्स
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
एण्ड्रोइडको ‘लक प्याटर्न’ सोचजस्तो सुरक्षित छैन
फेसबुकमा फोटो अपलोड गर्नु अघि जान्नै पर्ने ६ कुरा
मोबाइलबाट भाइरस हटाउने ५ स्टेप