१२ वैशाख,  काठमाडौं ।

स्पेनका महारथीद्वय रियल म्याड्रिड र बार्सिलोना आफैंमा चरम फुटबल प्रतिद्वन्दी हुन् । साथै, बार्सिलोना क्याटालोनिया क्षेत्रको भएकोले यी दुईबीच भौगोलिक र राजनीतिक द्वन्दले पनि परम्परादेखिनै जरो गाड्दै आएको छ । यस्तोमा यी दुईबीच फुटबल खेल्छन् तर, यिनको फुटबललाई युद्धभन्दा पनि माथि राखेर व्याख्या गर्ने पनि उत्तिकै छन् । किनकी म्याड्रिड र बार्सिलोनाको खेल भावनामा बढी बग्छ, त्यसैले यी दुई क्लबबीचको खेल तिक्ततापूर्ण र शत्रुतापूर्ण हुँदै आएको छ ।

यस्तैमा रियलले लालिगाको दोस्रो भिडन्त अर्थात इएल क्लासिकोमा बार्सिलोनालाई आफ्नो मैदानमा स्वागत गर्दा खेल नाटकीय बन्दै ८५ मिनेटसम्म दुई-दुईको बराबरीमा पुग्ने छाँट देखियो । २८ औं मिनेटमा कासिमेरोले गोल गरेपछि बार्सिलोना १–० गोलले पछि पर्यो । तर, ३३ औं मिनेटमा रियलको डिफेन्स लाइनको धज्जी उडाउँदै मेसीले दर्शनीय खेल गोल गरेपछि पहिलो हाफसम्म दुवै टोलीबाट थप गोल हुन सकेन ।

यस्तोमा ७३ औं मिनेटमा मेसीकै पासमा राकटिकले गोल गरेपछि बार्सिलोना ८४ औं मिनेटसम्म यो अग्रतालाई जोगाउन सफल भयो । तर, रामोसले मेसीलाई लडाएर रातो कार्ड खाएपछि ७७ औं मिनेटदेखि १० खेलाडीमा सीमित रियलका लागि जेम्स रोड्रिगेजले ८५ औं मिनेटमा पोष्ट नजिकैबाट गोल गरेपछि खेलमा नाटकीय २–२ गोलको बराबरी हुन पुग्यो । बराबरीसँग बहुचर्चित यो भिडन्त बराबरीमा टुंगिने छाँट देखियो । खेलमा दुई मिनेट थपिएको डेढ मिनेटसम्म पनि गोल भएन ।

तर, रियलको क्षेत्रबाट अघि बढाउँदै लगेको बलमा जोर्डी अल्बाले निकालेको सुन्दर पासमा अनमार्क रहेका मेसीले गोल गरेपछि बार्सिलोनाले नाटकीय जित दर्ता गर्यो ।

नाटकीय गोलसँगै खेलमा जित दिलाएका मेसी पनि के कम, सेलिब्रेसन गर्दै उनले आफ्नो जर्सी खोलेरै रियलका दर्शक अगाडि प्रदर्शन गरिदिए । किनकी बार्सिलोनालाई जिताउन मेसीले डेथ सेकेन्डमा गरेको गोलको महत्व धेरै नै थियो । अर्कोतिर उनको यो क्बलबाट ५०० औं गोल पनि थियो । यसकारण मेसी थामिन सकेनन् र ऐतिहासिक सेलिब्रेसनको शैली अपनाए ।

उनको यो शैली सामाजिक संजालमा भाइरलमात्र भएन, रोनाल्डोदेखि रामोससम्मलाई जर्सी देखाएको पनि देखियो । तर, यो फोटोसपको कमाल थियो, सामाजिक संजालमा चर्चित बनेका मेसीको सेलिब्रेसनका केही मीम यस्ता छन्: