४ कात्तिक, काठमाडौं ।

कुनै समय थियो, पेप ग्वार्डिओलाको क्याम्पमा फुटबलका एकपछि अर्को गर्दै उपाधि र नतिजा आफ्नो क्लब बार्सिलोनालाई दिलाउन लियोनेल मेसी सबैभन्दा प्रमुख हतियार थिए ।

मेस्सी लड्दा प्रेमिकालाई दुख्यो (फोटो फिचर)

एकपछि अर्को गर्दै मेसीले गुरु ग्वार्डिओलालाई खुशी बनाउन कुनै कसर बाँकी राखेनन् । अहिले मेसी बार्सिलोनामैं छन् तर, उनका गुरु जर्मन क्लब बायर्न म्युनिख हुँदै अहिले इङलिस क्लब म्यानचेस्टर सिटी पुगेका छन् ।

leonel-messi-happy

उनै गुरुको क्लब सिटीविरुद्ध मेसीले गएराती च्याम्पियन्स लिगमा ह्याट्रिक र एक गोलका लागि नेयमारलाई पास उपलब्ध गराउँदै ४–० को नतिजा निकालेपछि गुरुलाई रुवाउने नतिजा निकालेका हुन् ।

सिटीका गोलकिपर डिएरिया बाहिर आएर हातले बल छोएपछि रेडकार्ड खान बाध्य भएका थिए । उनले रेडकार्ड खाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्त्यतिर बार्सिलोना पनि १० खेलाडीमा सीमित हुन पुग्यो ।

मेस्सीको जीवनको १० रोचक तथ्य

घाइते भएपछि मैदानमा फर्किएको दोस्रो खेलमा मेसी चम्किंदा ग्वार्डिओला निराश बन्न बाध्य भएका हुन् । मेसीले १७, ६१ र ६९ औं मिनेटमा गोल गरे । ८९ औं मिनेटमा मेसीले नै उपलब्ध गराएको पासमा नेयमार गोल गर्न सफल भए ।

मेसीले च्याम्पियन्स लिगमा २ खेल खेल्दै ६ गोल गरिसकेका छन् । जितपछि ग्रुप सीमा ३ वटै जितसहित बार्सिलोनाको ९ अंक भएको भएको छ । तीन खेलमा एक जित, एक हार र एक बराबरी गरी सिटी ४ अंकसहित दोस्रो स्थानमा छ ।