२२ फागुन, काठमाडौं।

उत्कृष्ट गोलका कारण फुटबलमा विश्वमैं नाम कमाउन सफल लियोनेल मेसीले फेरि अर्को सनसनीपूर्ण गोल गरेका छन् । स्पेनिस लालिगामा सेल्टाभिगोविरुद्ध मेसीले मध्य र रक्षापंक्तिका खेलाडीलाई जिल्याउँदै मध्यभागबाट अघि बढाएको बललाई जाली चुमाउन सफल भएका हुन् ।

खेलको २४ औं मिनेटमा मैदानको बीच भागमा पाएको बललाई अघि बढाउँदै मेसीले उत्कृष्ट गोल गरेका हुन् । त्यस्तै, मेसीले ६४ औं मिनेटमा अर्को त्यस्तै सानदार गोल मात्र गरेनन् ।

मेसीले गतवर्ष कोपाडेलरे कपको फाइनलमा एथलेटिको बिलबाओविरुद्ध पनि उत्कृष्ट गोल गरेका थिए । यस सिजन लिगमा मेसीले सबैभन्दा बढी अर्थात २३ खेलबाट २३ गोल गरेका छन् । उनीपछि बार्सिलोनाकै लुइस सुवारेजले २४ खेलमा २० गोल गरेका छन् । तेस्रो स्थानमा रहेका रोनाल्डोले २० खेलमा १८ गोल गरेका छन् ।

मेसीले गएराती अन्य दुई गोलका लागि पनि अवसर जुराइएदिएपछि बासिलोनाले भिगोलाई ५–० गोल अन्तरले पराजित गर्न सफल भयो । नेयमार, राकिटिक र उम्मितिले पनि एकएक गोल गर्दा बार्सिलोनाले सहज जित हात पार्यो ।

जितसँगै लिगमा बार्सिलोनाको शीर्ष स्थान कायमै राखेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको २५ खेलबाट ५९ अंक छ भने २६ खेल खेलेको बार्सिलोनाको ६० अंक छ । रियलले रोनाल्डोको अनुपस्थितिमा आइबरमाथि गएराती नै ४–१ गोल अन्तरको जित दर्ता गरेको थियो ।