१ मंसिर, काठमाडौं।
कप्तान लियोनेल मेसीको गोल र दुई गोलका लागि उनैले मिलाइदिएको अवसरले अर्जेन्टिनाले विश्वकप छनोटको खेलमा कोलम्बियालाई ३–० गोल अन्तरले पराजित गरेको छ । भर्खरै सकिएको खेलबाट महत्वपूर्ण तीन अंक बटुल्दै अर्जेन्टिजा १० टिम रहेको दक्षिण अमेरिकी छनोटको पाँचौ स्थानमा पुगेको छ ।messi-12469987

अर्जेन्टिनाको १९ अंक भएको छ । १० मध्ये चार टोली सोझै विश्वकपमा छानिन्छन् भने पाँचौ हुने टिमले प्लेअफ खेल्नुपर्नेछ । अझै ६ खेल खेल्न बाँकी छ । चार दिन ब्राजिलसँग ३–० गोलले पराजित भएपछि अर्जेन्टिना निक्कै दबाबमा आएको थियो ।

messi-10177377
अजेन्टिनालाई १० औं मिनेटमा मेसीले फ्रिकिकमा सानदार गोल गरे । तर, अर्जेन्टिना रोकिएन । २३ औं मिनेटमा मेसीकै सुन्दर पासमा प्राटोले गोल गर्दा अर्जेन्टिना २–० ले अघि रह्यो ।

दोस्रो हाफपछि खेलमा कोलम्बियाले बलमा पकड जमाउने त खोज्यो तर, गोल गर्न सकेन । ८४ औं मिनेटमा मेसीको चलाखीपूर्ण पासमा डि मारियाले डि एरिरया नजिकबाटै गोल गरेपछि अर्जेन्टिना ३–० गोल अन्तरले विजयी हुन पुग्यो ।

आजै भएको खेलमा चिलीले दोस्रो स्थानमा रहेको उरुग्वेलाई ३–१ गोल अन्तरले पराजित गरी अंक तालिकामा चौथो स्थानमा पुग्यो । त्यस्तै, इक्वेडरले पनि भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै अंक तालिकामा २० अंक बनाउँदै ठूला टिममाथिको दबाब कायम राखेको छ । चिलीको पनि २० नै अंक भएको छ ।

अर्जेन्टिनाले अब २०१७ मार्च २३ मा चिलीविरुद्ध विश्वकप छनोट खेल्नेछ । २८ मार्चमा बोलिभिया, ३१ अगस्टमा उरुग्वे, ५ सेप्टेम्बरमा भेनेजजुएला, ५ अक्टोबरमा पेरु र १० अक्टोबरमा इक्वेडरसँग खेल्नेछ ।