१३ भदौ, काठमाडौं
सुपरस्टार लियोनेल मेसी र अर्का स्टार स्वारेजले प्रभावशाली प्रदर्शन नगरे पनि गत सिजनको लिग विजेता बार्सिलोनाले लालिगाको दोस्रो खेलमा जित हात पारेको छ ।barcelona palyer 23108229

गएराती भएको खेलमा बार्साले एथलेटिको बिलबाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको २१ औं मिनेटमा टुरानको पासमा राकिटिकले गरेको उत्कृष्ट हेड गोल नै निर्णायक रहन पुगेको हो ।

खेलको अन्तिमसम्मै दुवै टिमबाट गोलका लागि भएको प्रयास सफल हुन सकेन । मेसी र सुवारेजले पनि गोलका लागि गरेको प्रयास खेर गयो ।

दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना तालिकामा दोस्रो स्थानमा छ । दुई खेलबाटै ६ अंक बनाएको रियल म्याड्रिड गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । २ खेलबाटै ६ अंक जोडेको लासपालमास गोल अन्तरका कारण पहिलो स्थानमा छ ।

बार्सिलोनाले अर्को लिग म्याच नवप्रवेशी आल्भेससँग ११ सेप्टेम्बरमा आफ्नै मैदान क्याम्प नोउमा खेल्नेछ ।