डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ
म २२ वर्षीया विवाहित महिला हुँ । मैले विवाह गरेको तीन वर्ष भयो, तर हालसम्म मेरो गर्भ बसेको छैन । कतै मेरो गर्भ नरहने त होइन ? मलाई डर लागिरहेको छ । मैले के गर्दा चाँडै गर्भ रहन्छ ?smart sex

के.
विवाह भएको तीन वर्ष भए पनि श्रीमानसँगै हुनुहुन्छ कि श्रीमान् बाहिर हुनुहुन्छ पत्रबाट स्पष्ट भएन । सामान्यतः श्रीमानसँग दुई वर्ष बस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ । २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ । गर्भ नरहने कारण महिला, पुरुष वा दुवैमा हुनसक्छ ।

त्यस्तो अवस्थामा केही परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । यसका लागि तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु राम्रो हुन्छ । तपाईको उमेर धेरै नभएकाले खासै आत्तिनुपर्ने अवस्था छैन । साप्ताहिकबाट