१५ वैशाख, एजेन्सी।

नीतिमा नयाँ उल्लेख्य सुधार नभएको र निकै कम कमजोर मूल्याकंन गरिएका डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिको कार्याकालको १०० दिन पुगेको छ। बिहिबार एक अन्तर्वाताको क्रममा ट्रम्पले राष्ट्रपतिको काम सजिलो हुने सोचेको बताएका छन्।

‘म मेरो पुरानै जीवन मन पराउँथे।’ रिउटर्ससंगको अन्तर्वार्ताको क्रममा उनले भने, ‘वास्तवमा, पहिले भन्दा अहिले निकै बढी काम छ। मैले त सजिलो हुने सोचेको थिए।’

उनले थपे, ‘म मेरो पुरानो जीवन सम्झन्छु। यो… म काम गर्न मन पराउँछु। तर यो वास्तवमै बढी काम हो।’

यो पढ्नुस : उत्तर कोरियाले सार्वजनिक गर्यो ह्वाइट हाउस आक्रमण गरेको सिमुलेटेड भिडियो

राष्ट्रपति बन्नु भन्दा पहिलेको स्वतन्त्रता पनि उनी ‘मिस’ गर्छन्। ह्वाइट हाउसको कडा सुरक्षाबीच ओभल अफिसमा बसिसकेकाहरुले यस्तो ‘सेन्टिमेन्ट’ दिने गरेका छन्।

आफु पहिले पनि चर्चित रहेको र त्यो समय गोपनियता निकै कम भएतापनि अहिले सबैभन्दा कम गोपनियता रहेको भन्दै सुरक्षाको कारण अहिले कतै पनि जान नपाएको समेत ट्रम्पले बताएका छन्।

गाडी चलाउन सबैभन्दा बढी ‘मिस’ गरेका छन् ट्रम्पले। उनले भने, ‘मलाई ड्राइभिङ गर्न मनपर्छ, अब ड्राइभ गर्न सक्दिन।’

यो पढ्नुस्:

मिसेल र बाराक ओवामाले पाए नयाँ काम, करोडौको आम्दानी !