८ फागुन, एजेन्सी ।
मोगादिसुको एक व्यस्त चौबाटोमा विस्फोटक पदार्थले भरिएको एक कार आइतबार विस्फोट हुँदा कम्तीमा १४ व्यक्तिको मृत्युभएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका छन् ।

स्थानीय सुरक्षा अधिकारी मोहमद जिलिबीले आफूहरूले १४ व्यक्तिको मृत्यु भएको गणना गरेको र अन्य ३० घाइते भएको पाएको बताए । उनले चौबाटोमा विस्फोटको समयमा धेरै बालबालिका रहेको जानकारी दिए ।

प्रधानमन्त्री मोहमद अब्दुल्लाही मोहमद निर्वाचित भएपछि सोमालियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो । गत साता शासन हस्तान्तरण भएपछि अल सबाब इस्लामीहरूले अनेकौँ मोर्टार विस्फोट गराएको दाबी गरेको छ ।

अर्का अधिकारी दाहिर अहमदले मृत्यु हुनेको सङ्ख्या निकै उच्च भएको बताए र १० व्यक्तिको मृत्य भइसकेको पुष्टि भएको जानकारी दिए ।

प्रत्यक्षदर्शीले मोगादिसुको दक्षिणी मदिना जिल्लाको नागरिक तथा व्यापारीको व्यस्त स्थानमा बम लक्षित भएको जानकारी दिए ।

प्रत्यक्षदर्शी सुमायो मौलिमले सडकको किनारा, चियापसल तथा रेस्टुराँमा ठूलो सङ्ख्यामा साना व्यापारी रहेको, त्यहाँ सुरक्षा तथा पसलेहरूको भीड रहेको र विस्फोट निकै ठूलो भएकाले करिब २० व्यक्तिको मृत्यु भएको जानकारी दिए । उनले मर्नेमा प्रायः नागरिक रहेको बताए ।