एजेन्सी । मोजाम्बिकमा आएको शक्तिशाली आँधीका कारण एक हजार जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । हजारौं मानिस घाइते र बेपत्ता भएका छन् ।

तिब्र गतिमा आएको चक्रपात आँधीका कारण ठूलो क्षति पुगेको त्यहाँका राष्ट्रपति फिलिप न्युसीलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । १ सय ७७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लाखौं मानिस घरबारबिहीन भएका छन् ।

आँधीका कारण शहरका ९० प्रतिशतभन्दा बढी घर ध्वस्त भएका छन् । आँधीले तटीय शहर बेइरामा ठूलो क्षति पुर्याएको छ । शहरमा बिजुली र टेलिफोनको सम्पर्क विच्छेद भएको छ ।