१२ भदौ, इनरुवा ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत सुनसरीको नरसिंह–६ मा आज अपराह्न दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नंको मोटरसाइकल ठोकिँदा भारदह घर भई राजविराजस्थित सीमा सुरक्षा बलमा कार्यरत सशस्त्र प्रहरी जवान धीरेन्द्र झाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोरङ घर भएका सशस्त्र प्रहरी हवल्दार श्याम लम्साल तथा इनरुवा–१ का अर्जुन साह र दयानन्द पोदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।