२० साउन, इनरुवा । चार दिनअगाडि सुनसरीको भोक्राहा गाउँपालिका–२ मा म्याजिक भ्यानको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको बिहीबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी आरिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी भोक्राहा गाउँपालिका–२ सडकखण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नंको म्याजिक भ्यानले को १६ प १२४५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट भोक्राहा गाउँपालिका–२ बस्ने अन्सारीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइए पनि उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालक फरार रहेकाले खोजी भइरहेको छ ।