५ कात्तिक, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०.१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो ।

मोटरसाइल चालक २० वर्षीय कपिल चौधरी गम्भीर घाइते भएकामा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।