२८ कात्तिक, मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरकाे लेवटमा भएकाे सवारी दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ ।

हेटाैंडाबाट नारायणगढ तर्फ जाँदै गरेकाे ना ७ ख ४८०९ नम्वरको ट्रिपरले हेटौडातर्फ अाउदै गरेकाे ना ३३ प ८६४७ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी गैडाकोटका २४ वर्षीय अनिल जिसी र मोटरसाइकल पछाडी वसेकी २३ वर्षीया पुनम विकको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करवाट घाईते भएका दुवै जनालाई उपचारको निम्ती हेटौडास्थित चुरेहिल अस्पतालमा ल्याउदा ल्याउदै वाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक दिलीपराज झाले वताए । घटनापछि ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाे प्रहरीले जनाएकाे छ ।