२९ कात्तिक, काठमाडौं । काठमाडौंको हात्तिगौडामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ८५ प ५१५३ नम्वरको मोटरसाइकल बा २ ख १८८८ नम्वरको माइक्रो बसमा ठोक्किँदा मोटरसाइकलमा चढेका दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा चलेका १७ बर्षिय कपनका आश्वित श्रेष्ठ र भक्तपुरका प्रयाग श्रेष्ठको मृत्यु भएको हो । हात्तिगौंडामा पैदलयात्री विश्वजित थापालाई ठक्कर दिएर भागेको मोटरसाइकल बा ८९ प १३७५ नम्वरको स्कुटरसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेको मोटरसाइकको ठक्करबाट पैदलयात्री थापा र स्कुटर चालक इमोस राइ घाइते भएका छन ।