कपिलवस्तु, ३० बैशाख । कपिलबस्तुमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम तौलिहवा–जीतपुर सडक खण्डको कपिलबस्तु नगरपालिका–६, निगालिकोटमा दुर्घटना हुँदा स्थानिय ३२ वर्षीय शेषराम यादव र मायादेवी गाँउपालिका –७ रतनपुरका ४० वर्षीय सर्वजित यादवको मृत्यु भएको हो ।

लु ९ प ४६ ६४ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले जानकारी दिए ।