१२ फागुन, सारन (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।

पाक्टिका प्रान्तको बजार इलाकामा भएको यस मोटरसाइकल बम विस्फोटमा परी कम्ती तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको छ ।

पाक्टिका प्रान्तको जानी खिल जिल्लामा सो विस्फोटन भएको प्रवक्ता मोहमद रहमान आयाजले बताएका छन् । स्थानीय समयाअनुसार मध्याह्न १ बजे सो बम आक्रमण भएको जनाइएको छ ।

यस आक्रमणमा मारिएका र घाइते भएका सबै व्यक्ति सर्वसाधारण रहेका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।