२ साउन, हेटौडा

हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा परि जिल्ला जनस्वास्थय कार्यालय मकवानपुरमा कार्यरत क्षयकुष्ठ अधिकृत कपिलदेव झाको मृत्यु भएको छ ।

हेटौंडा–पथलैया सडकखण्डमा ना १ ब १८ ९२ नम्बरको मोटरसाइकलमा हेटौंडातर्फ आउँदै गर्दा झालाई विपरित दिशाबाट जाँदै गरेको लु १ च ४९ ९८ नम्बरको पीकअप गाडीले ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका महोत्तरीका ४५ बर्षीय झाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।