२८ साउन, अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणहरुमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ ।

आवासीय इलाकालक्षित दुई वटा यस प्रकारको आक्रमणमा परी अन्य तीन जना व्यक्ति घाइते भएका अधिकारीहरुले जनाएका छन ।

उत्तरी फार्याब प्रान्तको दवलाताबाद जिल्लामा पर्ने टोर्त आताइ गाँउमा भएको यस आक्रमण परी निर्दोष १३ सर्वसाधारण नागरिकको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन ।

आतङ्ककारीहरुले गत शुक्रबार राती मोटार्स जडान गरिएको दुई धराप आक्रमण गरेका थिए ।

स्थानीय गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन ।

तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिले सम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन । सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैनन । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको भने बताएका छन् ।

गत एक दशक देखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ । रासस/सिन्ह्वा