के तपाइँ भुँडी बढेर तनावमा हुनुहुन्छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ?

यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश (फिचर)

यदि यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ भने तपाइँले केही गल्ती गरिरहनु भएको छ । हामीले दैनिक जीवनमा गर्ने ४ कारणले हाम्रो मोटोपन र भुँडी नघट्ने तथ्य पत्ता लागेको छ ।

fatness-3

१- पहिलो कारण दिमाग
धेरै मानिसलाई लाग्छ मोटोपन घटाउने तरिका खाना घटाउनु हो । तर तपाइँको दिमागले यो कुरामा विश्वास गर्दैन । यसकै कारण खाना घटाउन खोजेपनि हामीलाई भोक लागिरहन्छ । अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले मोटोपन भएर मानिसले डाइटिङ गरेर शरीर घटेपनि केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । मोटोपन घटाएको खुसियालीमा मन लागेका खाना खाँदा मात्रा बढेको चाल नपाउँदा मोटोपन ह्वात्तै बढ्छ ।

fat man

२- खानाको भ्रम
यदि दिमागमा निरन्तर तनाव चलिरहन्छ भने यस्ता मानिसले डाइटिङ गर्दा समेत मोटोपन घटाउन सक्दैनन् । तनावका कारण मानिसको वजन आफै बढ्ने एक अध्यनले देखाएको छ । हामीले खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत हुने र यसले हाम्रो भुँडी झोलिने बैज्ञानिकहरुको भनाइ छ । तसर्थ टेन्सन लिनु पनि मोटोपन बढाउनु हो ।

३- दिमागी गतिविधी
हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । यदि तपाइँ डाइटिङ गर्न चाहनुहुन्छ भने तपाइँको नजरमा मिठा मिठा खानेकुरा देखिन थाल्छन् । यो तपाइँको नभएर दिगगकै गतिविधीका कारण हुन्छ । शरीरमा हुने फ्याट हर्मोनले भुँडी झोलिने समस्या हुने बैज्ञानिकहरुले बताएका छन् । यो हर्मोनले हाम्रो दिमाग सम्म शरीरमा कति क्यालोरी छ र कति थप आवश्यक पर्छ भन्ने कुराको सन्देश गलत दिने गर्छ ।

fatness-1

४- डाइटिङको उल्टो असर
जसले डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन खोजिरहेको हुन्छ उसले जीवनशैलीमा ध्यान निदिँदा उल्टै वजन बढाउँछन् । खासगरी डाइटिङकका नाममा भोकै बस्ने र कुनै बेला अनियमित तरिकाले धेरै खाने भयो भने शरीरमा वजन वृद्धी हुन्छ ।

यो पनि पढ्नुस् 

भुँडी घटाउन रोटी खाने कि भात ? डाइटिसियनको जवाफ

भुँडी बढेर दिक्क पार्‍यो ? पिर नगर्नुस्