कुशल श्रेष्ठ

‘बेसार’लाई नचिन्ने को होलान् र? विशेष गरी नेपाली र भारतीय परिकारहरूमा प्रयोग गरिने यो मसाला अधिकांश सबै खानेकुराहरूमा प्रयोग गर्न सकिन्छ। तर त्योभन्दा पनि महत्वपूर्ण कुरा छ यसका फाइदाहरू! हो, बेसार सबैले प्रयोग गर्छन् तर यसका फाइदाहरू के के छन्, कस्तो स्वास्थ्य समस्यालाई यसले समाधान गर्छ भन्नेबारेमा सायद जोकोहिलाई त्यति थाहा नहोला।Do you know the health benefits of Turmeric Powder

बेसारसँग वैज्ञानिक-तवरले नै प्रमाणित गरिएको चिकित्सकीय विशेषता रहेको हुन्छ, जुन सबैको लागि फाइदाजनक छ। यसमा पाइने मूख्य एण्टिअक्सिडेण्ट- करक्यूमीन (curcumin) लाई वैज्ञानिकहरूले मोटोपना घटाउने सबैभन्दा उत्तम तत्व मानेका छन्। किन?

किनभने….

१. यसले शरीरको आन्तरिक जलन र पीडालाई नष्ट गर्दछ

यदि अस्थायी हो भने, शरीरको आन्तरिक जलन खासै नराम्रो कुरा होइन, किनभने यसले नराम्रो कुरासँग लड्न र राम्रो कुरालाई राख्न मद्दत गरिरहेको हुन्छ। तर समस्या त्यतिबेला आउँछ, जतिबेला शरीरभित्रको जलन लामोसमयसम्म बसिरहन्छ, यहि नै प्रमुख कारण हो अधिकांश रोगव्याधको, जस्तै; मुटुरोग, बाथरोग, आदि।turmeric-8-best-foods-instant-detox

चिकित्सकीय पद्दतीले सुझाव दिने कैयौँ ड्रग र औषधीलाई भन्दा बेसारमा पाइने ‘करक्यूमीन’लाई शरीरको आन्तरिक पीडा, दुखाई र जलनलाई ठीक गर्ने सबैभन्दा उत्तम तत्व मानिन्छ।

(पीरोले दुखेको पेटलाई कसरी ठीक गर्ने?)
२. यसले मोटोपना घटाउन मद्दत गर्दछ

तपाईँको मोटोपनालाई सजिलैसित घटाउन दाबी गर्ने हजारौँ औषधी र ड्रगहरू भेट्न सकिन्छ। तर, वैज्ञानिकहरूको खोजबाट बेसारले शरीरको मोटोपना र बोसोको मात्रा घटाउन मद्दत गर्दछ भन्ने पत्ता लागेको छ। सन् २००९ मा USDA ले गरेको एक परीक्षणबाट बेसारले मुसाको तौल र बोसोको मात्रा घटाएको पत्ता लागेको थियो, जबकी सोहि खानेकुरामा बेसार नराखी खान दिँदा त्यो मुसाको तौल घट्नुको सट्टा झन् बढेको थियो।turmeric-supplement

अब यो त सायद सबैलाई थाहा छ कि मानवजाति र मुसाजातिको शारीरिक प्रणाली लगभग उस्ताउस्तै हुन्छ। त्यसमाथि, यदि शरीरमा अन्य कुनै जलन, पीडा वा खोट छ भने हाम्रो शारीरिक प्रणालीले त्यसै जलनसँग लड्नेक्रममा हाम्रो लागि मोटोपना घटाउन गाह्रो भैरहेको हुन्छ। त्यसैले बेसारको सेवन गरी आन्तरिक जलन र पीडालाई धपाई शारीरिक प्रणालीलाई मोटोपना घटाउनमा लगाउन सकिन्छ।

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)
३. यसले क्यान्सरको सम्भावनाबाट बचाउँदछ

क्यान्सर गराउने मूख्य कारक तत्व भनेको ‘फ्री राडिकल’हरू नै हुन्। यी फ्री राडिकल यस्ता रेडियोधर्मी अणुहरू हुन्, जुन इलेक्ट्रोनको भोको हुन्छ र अन्य स्वस्थ अणुबाट इलेक्ट्रोन चोर्न थाल्दछ। जसले गर्दा अन्य स्वस्थ अणुलाई पनि इलेक्ट्रोनको भोको गराई बिस्तारै बिस्तारै सारा अणुहरूलाई ग्रसित बनाउन थाल्दछ। बेसारमा पाइने करक्यूमीन यस्तो एण्टिअक्सिडेण्ट हो, जसले त्यस्ता भोका फ्री राडिकलहरूको मुख टालिदिन्छ र स्वस्थ अणुहरूलाई आक्रमण गर्नबाट रोक्दछ।

(यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्यो)
४. यसले दिमागी शक्ति बढाउन मद्दत गर्दछ

दिनभरी दिमाग चलाउनुपर्ने काम गर्न जाँदै हुनुहुन्छ? त्यसो भए मनतातो पानीमा एक चिम्टी बेसार राखेर पिउनुहोस्। अष्ट्रेलियाको ‘स्वाइनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी’मा भएको एक खोजबाट बेसार सेवन गरेका सहभागीहरूको दिमागी शक्तिमा सामान्य दिनको भन्दा वृद्धि भएको पत्ता लागेको थियो। यस्तो हुनुमा करक्यूमीनको नै हात रहेको वैज्ञानिकहरू अनुमान गर्छन्। यसले शरीर भित्रको कुनै पनि जलन, पीडा र दुखाईलाई राहत दिई दिमागलाई एकतृत बनाउन मद्दत गर्दछ। अर्को तरिकाले भन्नुपर्दा, बेसारलाई ‘पेनकिलर’ पनि भन्न सकिन्छ, तर कुनै साइडइफेक्ट बिनाको पेनकिलर!woman-laptop-thinking

(स्मरण शक्ति बढाउने ६ अचुक शुत्र)
५. यसले कोलेस्ट्रोलको मात्रामा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्दछ

रक्तनशामा हुने जलन र सुन्निने प्रक्रियाले रक्तनशा र धमनीमा क्षति पुर्याउन सक्दछ, जसले गर्दा कोलेस्ट्रोलको लागि उपयुक्त वातावरण पैदा हुन्छ। त्यसरी क्षति भएको ठाउँमा अधिक मात्रामा कोलेस्ट्रोल जम्मा हुन पुग्यो भने सीधै मुटुमा असर पुग्दछ, जसको कारण हृदयघात, मधुमेह, धमनीको क्यान्सरजस्ता घातक समस्याहरू उत्पन्न हुन सक्छन्।high-cholesterol

सन् २०१२ मा भएको एक अनुसन्धानबाट बेसारमा पाइने करक्यूमीनले हामीले खाएको खानाबाट आउने कोलेस्ट्रोललाई सजिलै पचाउन मद्दत गरी रक्तनशा र धमनीहरूमा कोलेस्ट्रोल जम्मा हुन दिँदैन भन्ने तथ्य पत्ता लागेको थियो। त्यसैले बेसारलाई मधुमेह तथा हृदयघातको लागि अचुक शुत्र पनि मानिन्छ।

(मधुमेहको लक्षण तथा उपचार विधि)
६. यसले बाथ तथा हाडजोर्नीको दुखाईबाट पनि राहत प्रदान गर्दछ

बाथ रोगीहरूले प्रयोग गर्ने पेनकिलर (ibuprofen) को सट्टा बेसारको प्रयोग गर्दा त्यसले कुनै पनि साइडइफेक्ट बिना नै बाथ र हाडजोर्नीको दुखाईलाई कम गर्ने सन् २००८ को एक खोजबाट पत्ता लागेको थियो। दैनिक सन्तुलिन र स्वस्थ भोजनसँगै १ गिलास शुद्ध दूधमा एक चिम्टी बेसार राखेर पिउने बानीले बाथ रोगको दुखाईबाट बिस्तारै बिस्तारै राहत पाइने उक्त खोजबाट पत्ता लागेको थियो। हाडजोर्नीको लागि चाहिने क्याल्सियम जुन दूधमा पाइन्छ र दुखाईको लागि चाहिने एण्टिअक्सिडेण्ट, जुन बेसारमा पाइन्छ- यी तत्वहरू हाडजोर्नीको लागि अति फाइदाजनक रहने खोजबाट पत्ता लागेको थियो।knee-pain

(हाडजोर्नी दुख्ने समस्या छ? यी ७ कुरामा ध्यान दिनुहोस्)
७. यसले डिप्रेसनसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ

मध्यमस्तरको डिप्रेसनबाट ग्रसित व्यक्तिहरूले दैनिक प्रोज्याक जस्ता मेडिकल औषधीको प्रयोग गर्नुभन्दा बेसारको प्रयोग गर्नु सबैभन्दा उत्तम हुने एक खोजबाट पत्ता लागेको थियो। यसमा हुने पेनकिलर एण्टिअक्सिडेण्ट ‘करक्यूमीन’ले दिमागमा पैदा भएको ‘कोर्टिसल’ हरमोनलाई नियन्त्रण गरी दिमागलाई चिन्तामुक्त गराउन मद्दत गर्दछ।tired-bored-couple

(के तपाईँको कान सुसाउने, सिट्ठी बज्ने वा घण्टी बज्ने हुन्छ? यस्ता छन् अपत्यारिला कारण)
८. यसले सुन्दरतालाई बचाइराख्न मद्दत गर्दछ

बूढो हुँदै जाने प्रक्रियालाई रोक्न सकिँदैन, तर ढिलो गराउन भने अवश्य सकिन्छ। माथि नै उल्लेख गरिएको छ कि बेसारमा पाइने करक्यूमीनले शरीरमा पैदा भएका ‘फ्री राडिकल’हरूलाई हटाउँदछ। यिनै फ्री राडिकलहरूले गर्दा शरीरको बूढो हुने प्रक्रिया छिटो हुँदै जाने हुन्छ। तथापी, बेसारको दैनिक सेवनले फ्री राडिकलको कर्तूतलाई रोक्दछ। साथै घामबाट आउने परावैजनी किरणहरूले छालामा पुर्याउने असरलाई समेत कम गर्ने सन् २००९ को खोजबाट पत्ता लागेको थियो।turmeric-facial

(अनुहार चम्काउने ८ अचुक फर्मुला)
९. यसले पेटमा हुने असन्तुलनलाई पनि ठीक गर्दछ

पखाला लाग्ने, गानो जाने, ग्यास्ट्रिक हुने जस्ता पेटसम्बन्धी समस्याले सताएको छ भने १ गिलास मनतातो पानीमा १ चिम्टी बेसार घोलेर पिउनुहोस्, एकैछिनमा राहत महशुस गर्न सक्नुहुन्छ। प्राचीन काल देखि नै पेट दुखेको समस्यालाई ठीक गर्न यहि घरेलु विधि अपनाउने गरिन्थ्यो, तर हालै भएको एक वैज्ञानिक खोजबाट पनि यो विधि ठीक रहेको प्रमाणित भएको छ। जब हामीले खाएका खानाहरूलाई शरीरको पाचनप्रणालीले पचाउन सक्दैन, तब पेटको समस्या आउने हुन्छ। तर बेसारमा पाइने करक्यूमीनले भने शरीरको पचाउन सक्ने क्षमतामा वृद्धि गराई पेटमा ग्याँस भरिन दिँदैन र दिसा आउने प्रक्रियामा पनि सुधार ल्याउँदछ।bathroom-toilet-paper

(ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र? यसका घरेलु रोकथामका उपायहरू के-के छन्?)
१०. यसले एसिडिटीबाट राहत प्रदान गर्दछ

अपच हुने अनि पेट पोल्ने, फुल्ने जस्ता समस्या एकदमै दुखदायी हुन्छ। तथापी, सन् २०१४ मा भएको एक क्लिनिकल खोजबाट जो व्यक्तिले दैनिक दुईपटक १ ग्राम बेसार र १ गिलास पानी पिउँछन्, उसलाई एसिडिटीको समस्याले अरूलाई भन्दा कम सताउने तथ्य पत्ता लागेको थियो। यसरी एसिडिटीलाई कम गराएपछि बेसारले व्यक्तिलाई आरामदायी र गुणस्तरयुक्त निन्द्रा पनि प्रदान गर्दछ।

(ग्यास्ट्रिक गराउने खाना र यसलाई रोकथाम गर्ने खानेकुरा)