१८ भदौ, काठमाडौं ।

निक्कै छोटो समय ह्वात्तै चर्चामा आएकी मोडल एलिना रायमाझि सम्मानित भएकी छिन् । राष्ट्रिय संगीतकर्मी संघले एलिनासँगै ३३ जना कलाकारलाई सम्मान गरेको हो ।

गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा कलाकारहरुसँगै दर्जनभन्दा बढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो । कलाकारहरुलाई नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सम्मान गरे ।

कार्यक्रममा कलाकारहरु प्रकाश कटुवाल, रबिन लामिछाने, सागर गुरुङ, अमृत खाती, दिपेन्द्र सिटौला, चन्द्र प्र भट्टराई, सरिता शाही, निरु कार्की, गीता शाही, रुपक थापा, सुमित्रा लामा, प्रेम अर्याल, बिशाल रायमाझि, कृष्ण रेउले, एलिना रायमाझि, दिपसागर थापा, सुजन लम्साल, निरु पराजुली, सुमन परियार लगायत सम्मानित भएका हुन् ।

याे पनि पढ्नुस्: रेडियो सुन्दै कोदो रोप्दा झ्याप्पै मोडल : एलिना (भिडियो)