काठमाडौं, ८ जेठ । चेक बाउन्स मुद्दामा दोषि ठहर जिल्ला अदालत काठमाडौंबाट तीन महिना कैद सजायँ सुनाइएकी मोडल खुस्बु ओलीले सर्वोच्च अदालत जाने भएकी छिन् ।

३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि परेको मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतले सप्तरी राजविराजका गोपाल कटुवालसँग लिउको ३६ लाख रुपैयाँ सापटी फर्काउन नसक्दा दोषि ठहर गर्दै कैद सजाय सुनाएपछि उनी त्यसविरुद्ध पुनरावेदनसहीत उच्च अदालत जान लागेकी हुन् ।

खुस्बुले ऋण तिर्न भन्दै आफूलाई दिएको कुमारी बैंक न्युरोड शाखाको चेक बाउन्स भएपछि कटुवालले जिल्ला अदालत काठमाडौंमा विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम खुस्बुविरुद्ध निवेदन दिएका थिए । तर खुस्बुले कटवाललाई दिनुपर्ने रकम फरफारक गरिसकेको भन्दै रकम पाईसकेपछि पनि किन आफूविरुद्ध मुद्धा दायर गरियो भन्नेबारे बुझ्ने बताएकी छिन् ।

“आजभन्दा एक बर्ष अघि दायर गरेको यो मुद्दाबारे मलाई कुनै जानकारी छैन र अब यसका लागि म कानुनी बाटोमा जानेछु” खुस्बुले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै भनेकी छिन् ।