४ कात्तिक, एजेन्सी ।

भारतको उरीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच दुरी बढिरहेको छ । भारत र पाकिस्तानमा एक अर्काको देशका शासकहरुको खिल्ली उडाउने क्रम चलिरहेको छ ।

केही समय अघि मात्र पाकिस्तानमा पाकिस्तानी सेना प्रमुखले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको हातमा लिएको तस्विर सहित प्रदर्शन भएको थियो ।

पाकिस्तानी सेना प्रमुखको हातमा मोदीको काटिएको टाउको !

अहिले आएर अर्को एउटा भिडियो भाइरल बनेको छ । जुन भिडियोमा पाकिस्तानको एक रेष्टुरेन्टमा मोदीको अनुहारमा जुत्ता हान्नेहरुलाई निशुल्क चिसो (कोल्ड ड्रिङ्क्स) वितरण गर्ने गरिएको बताइएको छ ।

shoe-on-modi-face

 

दुनिया न्यूजको खवर अनुसार पाकिस्तानका एक युवकले आफ्नो रेष्टुरेन्टमा मोदीको तस्विर राखेका छन् । त्यहाँ जाने ग्राहकहरुले मोदीको अनुहारमा जुत्ता प्रहार गरेपछि निशुल्क चिसो खान पाउँछन् ।

साउदी राजपारिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले छोरीलाई पनि छोडेनन्

भिडियोमा युवक भन्छन्, “जव म आफ्ना भाँचिएका हातले त यसको यो हाल गर्न सक्छु भने मेरो शरीरमा बगेको खुनको अन्तिम थोपा रहे सम्म उसकोविरुद्ध लड्न तयार छु ।”

हेर्नुस् भिडियोः

 

भारत र पाकिस्तानबीचको तनाव घट्ने संकेत देखिएको छैन । २ साता अघि भारतको उरीमा भएको आतंकबादी आक्रमणमा २० भारतीय सैनिक मारिएका थिए ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो अर्कै प्रस्ताव

उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै आएको छ ।