एजेन्सी । संसदीय चुनाव नजिकिएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डल परिवर्तन गरेका छन् ।

उनले ट्वीटरमा रहेको नाम नरेन्द्र मोदीलाई चौकिदार नरेन्द्र मोदी मा परिणत गरेका हुन् । मोदीसहित भारतीय जनता पार्टी बिजेपीका अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयलसहित अन्य थुप्रै नेताले नामको अगाडि चौकिदार थपेका हुन् ।

शनिबार मात्रै मोदीले चुनाव लक्षित म पनि चौकिदार अभियान सुरु गरेका थिए । बिजेपी नेता ट्वीटरमा चौकिदार बनेपछि उनीहरुले ‘ह्यासट्याग चौकिदार फिर से’ ट्रेण्ड गरिरहका छन् भने काँग्रेस नेताले ‘चौकिदार चोर हे’ नारा बनाएका छन् जुन चर्चित बन्दै गएको भारतीय संचार माध्यामले जनाएका छन् ।