९ असोज , एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केरलमा विजेपीद्वारा आयोजित र्यालीलाई सम्वोधन गरे । उरी घटनापछि उनको यो पहिलो सार्वजनिक कार्यक्रम थियो । उनले पाकिस्तानी नेताहरूप्रति लक्षित गर्दै भने, ‘हाम्रा छिमेकी देशका नेता हजार वर्षसम्म लडछौं भन्थे, हिजोदेखि कता हराए कहि देखिएका छैनन ।’ उनले पाकिस्तानी नेताहरूले आतंककारीले लेखिदिएको भाषण पढेर काश्मिरको गीत गाउने गरेको बताए ।modi speaking 1059019
मोदीले भने ‘ आतंकवादीले लेखेर दिएको भाषण पढेर सुनाउने नेतासंग होइन म पाकिस्तानी जनतासंग सिधै कुरा गर्न चाहन्छु’ उनले थपे ‘१९४७ अघि जसले यही हिन्दुस्तानलाई नमस्कार गर्थे र यही माटोलाई आफ्नो धर्ती मान्थे ।’ उनले पाकिस्तानी जनतालाई आफ्ना नेताहरूसंग प्रश्न सोध्न आग्रह गर्दै भने ‘ भएकोलाई राम्रोसंग राख्न सकेका छैनौं भने किन अर्काकोमा आँखा लगाउँछौं ।’

आफुना नेतालाई पाकिस्तानी जनताले सोध्नु पर्छ,– पूर्वी पाकिस्तान जो आजको बंगलादेश छ, मिलाएर राख्न नसकेकाले नै छुट्टिएको होे । सिन्ध, गिलगित, पख्तूनो, बलोचिस्तान जो पाकिस्तानमै छ । पाकिस्तानकै शासन छ । किन मिलाएर राख्न नसकेको ? भएकोलाई मिलाएर राख्न नसक्नेले काश्मिरको गीत गाएर किन संसारलाई गुमराहमा पार्छौ ? मोदीले भने । भएकोलाई राम्रोसंग मिलाएर राखेर मात्र अरुको कुरा गर्न नेतालाई जनताले दवाव दिनु पर्ने मोदीको कथन थियो ।

मोदीले लडाई नै गर्ने भए आफू तयार रहेको जनाउँदै भने ‘ पाकिस्तानी युवा हो, आओ लडाई गरौं । अशिक्षालाई भारतले पहिले हटाउँछ कि पाकिस्तानले । बेरोजगारीलाई परास्त गर्न पहिले पाकिस्तानले सक्छ कि भारतले । गरौं लडाई हेरौं तागत ।’

यो पढ्नुस्:
सार्क सम्मेलनमा सबै देश सहभागी हुने पाकिस्तानी प्रधानमन्त्रीको आशा
काठमाडौंमा यौन व्यावसायी गर्ने युवती भन्छिन्: ‘जसरी पनि पैसै कमाउनु त रैछ !’
‘म चिच्याएं, ड्राइभरले घ्याच्चै गाडी रोके’