अमेरिका भ्रमणमा रहेका भारतीय प्रधाममन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच महत्वपुर्ण भेटघाट भएको छ।

सोमबार ह्वाइटहासमा मोदीले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियासंग भेट गरे।
वार्ता भन्दा ठीक अघि नै ट्विट गर्दे ट्रम्पले मोदीलाई सच्चा मित्र भनेका थिए।

भेटवार्तापछिको प्रेस कन्फ्रेन्स गर्दै दुइ नेताले आफ्ना धारण सार्वजनिक गरे।
मोदीको के भने ?
राष्ट्रपति ट्रम्प र मबीच भएको कुराकानी हरहिसावले महत्वपुर्ण रह्यो किन भने यो परस्पार विश्वासमा आधारित थियो। हाम्रो मु्ल्य, प्राथमिकता, ,रुचि र चिन्तामा पनि समानता थियो।
हामीले भारत र अमेरिका सम्वन्धको हर आयाममा विस्तारपुर्वक चर्चा गर्यौं ।
भारतको आर्थिक सामाजिक कार्यक्रममा हामी अमेरिकालाई मुख्य साझेदार मान्छौं । मलाई विश्वास छ मेरो न्युज ईण्डिया भिजन र ट्रम्पको मेक अमेरिका ग्रेट अगेन भिजनले सहयोगको नयाँ आयाम पैदा गर्नेछ।

ट्रम्पले के भने ?
म यो भन्न चाहन्छु कि भारत र अमेरिकाबीचको सम्वब्ध यति मजबुत र सुदृढ यस भन्दा अघि कहिल्यै थिएन् । भारत तीब्र गतिमा अघि बढिरहेको अर्थव्यस्था हो जो इतिहासमै सबै भन्दा ठुलो कर सुधार गर्दैछ। भारत र अमेरिका दुबै अतिवाद र अतिवादी सोचका बिरुद्ध लडिरहेका छन् । हामी इस्लामिक उग्रवादलाई नष्ट गरिदिनेछौं । हाम्रा सेनाहरु यस दिशामा काम गरिरहेका छन्। अर्को महिनामा दुबै देशका सेनाहरुबीच संयुक्त सैन्य अभ्यास हुँदैछ।