१८ मंसिर, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र लाखौं युवाहरूको ढुकढुकी बनेका बलिउड नायक सलमान खानलाईसमेत पूर्व पोर्नस्टारकी रुपमा चिनिने नायिका सन्नी लियोनीले माथ दिएकी छिन् । sanny

सर्च इन्जिन याहुले हालै गरेको एक सर्भेक्षणमा यस्तो नतिजा देखिएको हो । याहुको सर्भेक्षणले इन्टरनेटमा सर्वाधिक खोजिने सेलिब्रेटीमा सन्नीको नाम आएको बताइएको छ । फ्यानहरूको यस्तो खोजीमा सन्नीपछि सलमान र तेश्रोमा भारतीय प्रधानमन्त्री मोदीको नाम रहेको याहुले जनाएको छ । सर्वाधिक खोजीमा पर्ने पुरुष सेलिब्रेटीमा भने सलमानको नाम अगाडि रहेको छ ।

सर्वाधिक सर्च गरिएका अर्का सेलिब्रेटीको कुरा गर्ने हो भने सलमानपछि कमेडियन कपिल शर्मा, त्यसपछि अभिताभ बच्चन, शाहरुख खान, अमिर खानजस्ता स्टार रहेका छन् ।

सर्वाधिक खोजीमा पर्ने महिलामा भने सन्नीपछि विपाशा बसु छिन् भने तेश्रो र चौथो नम्वरमा क्रमश ः दीपिका पादुकोण र कैटरिना कैफ रहेका छन् । हरेक वर्ष याहु इन्डियाले १२ महिनामा सर्च गरिएका भारतीयहरूको इभेन्टस् र स्टोरीका आधारमा यो नामावली जारी गर्ने गरेको छ ।