२४ असार, विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह ५ हजार १८७ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मुसहरु मण्डलले ४ हजार ८२५ मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो ४ हजार ६३५ मत प्राप्त गरी विजयी भएकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले ४ हजार ४२१ मत प्राप्त गरेकी छन ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा २ हजार १८ मत बदर भएको थियो ।