एजेन्सी । संसार अनौठा घटनाहरुको एक हिस्सा पनि हो । जुन कुरा साचो तर विश्वास गर्नै गाह्रो हुन्छ । यस्तै अचम्मका लाग्ने घटना मोरोक्कोका बाख्राहरुमा पनि देख्न सकिन्छ ।

यो तस्विर फोटोसप गरिएको होइन, वास्तविक हो । मोरोक्को उत्तर अफ्रिकी देश हो । यहाँ आउने पर्यटक प्राय अचम्म मान्दै सोध्छन्, बाख्रा रुख कसरी चढ्छन ? यस्तो दृश्य मोरोक्कोमा सजिलै देख्न पाइन्छ, जहाँ चराझै बाख्राहरु रुखमा बसोवास गर्दछन् भन्दा पत्यार नलाग्न सक्छ।

बाख्रा पहाड, भिरपाखा सजिलै चढ्न सक्छन् । तर रुख चढ्न सक्दैनन् ।

मोरोक्कोको जमिन बलौटे हुने भएकाले बाख्रालाई पेट अघाउन्जेल पुग्ने घाँस जमिनमा उपलव्ध हुदैन । त्यसैले त्यहाका बाख्रा सानैदेखि रुख चढ्न सिपालु हुन्छन् र खोर पनि रुखमै बनाइन्छ।

यहाँ आर्गन नामक फलको रुख पाईन्छ, त्यहाँ बाख्रा सजिलै चढ्न सक्छन् । दुर्लभ मानिने यस रुखको उचाइ करिब ८ देखि १० मिटरको हुन्छ । जसको उमेर १५० देखि २०० वर्षको हुन्छ । भिडियो हेर्नुस: