१२ फागुन, काठमाडाै‌ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मधेशी मोर्चा र एमालेबीचको सम्बन्ध हार्दिकतापूर्ण रहेको बताएका छन् ।

subash nemwang interaction

फाइल तस्बिर

संसद बैठकमा समय लिएर बोल्दै नेम्वाङले मोर्चासँगको सम्बन्धबारे यस्तो टिप्पणी गरेका हुन् । ‘बजारमा हाम्रो सम्बन्ध बिग्रिएको चर्चा छ, कहिलेकाहिँ छस्याकछुसुक हुने अर्कै कुरा, नेम्वाङले भने, एमालेलाई बाजा बजाएर मधेशबाट विदाई गर्ने पनि भन्नुभयो, हिजो हाम्रा उपाध्यक्ष बामदेव गौतमजी माथि जनकपुरजस्तो पवित्र भूमिमा आक्रमणको प्रयास पनि भयो, तर यति हुँदाहुँदै पनि हाम्रो सम्बन्ध हार्दिकतापूर्ण छ ।’

उनले मधेशी मोर्चाले एमालेलाई माया गर्ने भन्दै थपे, ‘उहाँहरुले यति माया गर्नुहुन्छ कि हामीलाई छोड्न सक्नुभएको छैन, त्यसैले होला सत्तापक्ष भएर पनि संसदमा हामी प्रतिपक्षी सँगसँगै बस्नुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोट हालेको मोर्चा संसदमा भने विपक्ष लबीमा बस्ने गरेको छ ।