३१ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने चेतावनी दिएपनि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।

फाइल फोटो

मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गरेको नयाँ संविधान संशोधन विधेयक अस्वीकार गरेर आन्दोलनको बाटो रोजेपछि प्रधानमन्त्री प्रचण्डले निर्वाचन अब कुनै पनि तागतले रोक्न नसक्ने बताएका हुन् ।

यो पढ्नुस्: देउवाले निधिलाई फिर्ता बोलाउने, गृहमन्त्रीमा सिटौला !

बिहिवार नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा भाग लिन खुट्टा कमाउनेहरु छुट्ने बताए ।

उनले सबै पक्षलाई सहभागी गराएर निर्वाचनमा जान सरकार लचक रहेको बताउदै मोर्चा सहमतिमा नआउनु दुःखद विषय भएको बताए । ‘निर्वाचनको माग गर्नेहरु नै निर्वाचन भाड्न लागका छन्’, प्रचण्डले भने, ‘निर्वाचन भाँडन खोज्नेलाई जनताले पाखा लगाउँछन् ।’

यो पढ्नुस्।
परमाणु बम पड्काउने उत्तर कोरियाको तयारी, ‘ठूलो घटना’को लागि तयार रहन किमको आदेश
परमाणु क्षमता भएको ३ रुसी बमर जापान नजिक उड्यो, जापानको १४ फाइटर विमान तयार