माघ महिनाको औंशीलाई माघी अर्थात मौनी औंशी भनिन्छ । यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । यो वर्षको मौनी औंशी भोली (सोमबार) परेको छ ।

ज्योतिषका अनुसार ४ वर्षपछि मात्र मौनी र सोमबारे औंशी एकैपटक परेको छ । यस अघि २०६९ सालमा मात्र यस्तो संयोग परेको थियो ।

मौनी औंशीमा के गर्ने ?
मौनी औंशीमा विहानै स्नान गरेर ब्रम्हदेव तथा माता गायत्रीको पुजा गरिन्छ । गाइ, सुन, छाता, वस्त्र, पलङ, ऐना इत्यादि चिजको दान गर्नु राम्रो मानिन्छ । चन्द्रमालाई मनको स्वामी मानिन्छ । र औंशीमा चन्द्रदर्शन गर्न सकिँदैन । यसले गर्दा मनस्थिति कमजोर हुन्छ । यो दिन ब्रत गर्दा मन सम्हालिने विश्वास पनि गरिन्छ ।

Mauni Amabsya
धर्म शास्त्र अनुसार मौनी औंशीमा मौन रहेर ऋषि मुनी जस्तै ब्यवहार गर्नु पर्ने उल्लेख छ ।
के गर्नु हुँदैन

मौनी औंशीमा बोल्नु र कुनै निर्णय गर्नु अघि खुव विचार गर्नु पर्छ । औंशीमा चन्द्रमा नदेखिने हुँदा शरीरमा एक प्रकारको असन्तुलत पैदा भएको यो समयमा सही निर्णय हुन नसक्ने समेत विश्वास गरिन्छ । सके सम्म मौन बस्नु उत्तम मानिएका कारण नै यो दिनलाई मौनी औंशी भनिएको छ ।
तिल उनी वस्त्रको महत्व

मौनी औंशीमा तिलको ठूलो महत्व छ । भगवान बिष्णुलाई सेतो तिल चढाउँदा शुभ फल पाइने विश्वास छ । त्यसैगरी मौनी औंशीमा वस्त्र दान पनि महत्वपूर्ण मानिएको छ । उनी वस्त्र दानले मनको इच्छा पुरा हुने फल प्राप्त हुने विश्वास छ ।

Mauni Amabsya 1

मंगलबारको दिन गर्न नहुने ५ काम

जीवनमा भुलेर पनि गर्न नहुने ५ काम

नभै नहुने यी ३ ब्यक्तिले तपाइँको जीवन बरबाद गर्न सक्छन्