१४ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई गाई चिन्हमा मतदान गर्न निर्देशन दिएका छन् ।
वाम गठबन्धनले समर्थन गरेका झापा ३ का राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी क्षेत्रमा आयोजित सभामा बोल्दै ओलीले यस्तो निर्देशन दिएका हुन्।

वाहिर लिङ्देनलाई समर्थ गरेर भित्रभित्रै काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाइ जिताउने चर्चालाई चिर्न ओलीले लिङ्देनको निर्वाचन क्षेत्रमा दोस्रोपटक आज सम्बोधन गरेका हुन् ।

यहाँ काँग्रेस र एमालेबीच भित्रभित्रै म्याच फिक्सिङ् भएको हल्ला निराधारहो, ओलीले भने, एमाले म्याच फिक्सिङ गर्ने पार्टी होइन, जालीफटाहाले मात्रै त्यसो गर्छन् म बाम गठबन्धनका सबै साथीहरुलाई गाई चिन्हमा मतदान गर्न अपिल गर्दछु ।

कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन कांग्रेस र एमालेबीच सहमति भएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि ओलीले त्यसको खण्डन गरेका हुन् ।

अन्य स्थानमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा भने बामगठबन्धनसँग तालमेल गरेको छ ।