९ भदौ, काठमाडौं । म्याच फिक्सिङमा संलग्न रहेको भन्दै लगाइएको आजीवन प्रतिवन्ध विरुद्ध नेपाली खेलाडीले गरेको अपिल एशियाली फुटबल महासंघ एएफसीले खारेज गरेको छ ।

match-fixing nepal

एएफसीको अनुशासन समितिको आज बसेको बैठकले प्रशिक्षक अन्जन केसी, खेलाडीहरु विकास सिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र सागर थापा आर्टिकल ६२ र ६९ उल्लंघन गरेको भन्दै अपिल खारेज गरेको महासंघले जनाएको छ ।

ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई सजाय दिने किम जोङ उनको घोषणा

एएफसीले आज विज्ञप्ती जारी गर्दै उनीहरु विरुद्ध गएको डिसेम्बर ५ को निर्णय अनुसार कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि लगाइएको आजिवन प्रतिवन्धनको निर्णय यथावत रहेको उल्लेख गरेको छ । उनीहरु विरुद्ध सन् २००८ देखि २०१२ सम्म भएका विभिन्न प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो ।