-दिल निसानि मगर

भोक लाग्यो भन्दा आगोका कोइलाहरु दिन्छन्
जाडो भयो भन्दा बरफका टुक्रा हरु दिन्छन्
यो झल्ला र अन्धा हरुको देशमा
म तिम्रो विन्ति-पत्र जस्तो अनुहार देखेर भट्किरहेछु ।
बत्तिमा झुम्मिएका पुतलि झै तिमि र म,
कुलिन हरुले “फु” गरेर बत्ति निभाएपछि हाम्रो जिबन पनि निभ्छ
बिरालोका फौज हरुले चिथोरेर रक्ताम्य बनाएका तिम्रो छाति देख्दा
कमरेड हरु कुकुर जस्तो लाग्छ, कुकुर हरु कमरेड जस्तो लाग्छ ।

Dil Nisani Magar

कविः दिल निशानी मगर

जलाउन नसकेर जिवित रहेका हुन् यि बस्ति हरु
भत्काउन नसकेर उठिरहेका छन् यि पहाड हरु
यिनै पहाड र बस्तिको खातिर तिमिले बगाएका हजार थोपा रगत
अताल्लिएर बुढो जर्नेलले खसालेको एक थोपा आँशु जस्तो होइनन् ।

शिर उठाउनु हुदैन यहाँ, खुकुरिको धारमा रेटिनु पर्छ
छाति फुलाउनु पनि मिल्दैन थकित-थकित देखिनु पर्छ
यो मगन्ते र जोगि हरुको देशमा
मेरो टोपि मेरो भन्न पाईन्न, मेरो रोटि मेरो भन्न पाइन्न ।

रगतले भिजेका तिम्रो चेहरामा अन्तिम ईच्छा लुके झै लाग्छ
मुटुको प्यारो ढुकढुकि लाई अलबिदा गर्न नसकेर
कहिले रोए जस्तो लाग्छ, कहिले हाँसे जस्तो लाग्छ
त्यसैले प्रिय साथि,
म तिम्रो विन्ति-पत्र जस्तो अनुहार देखेर भट्किरहेछु ।

Surkhet tanab (2)

समाप्त !
सुर्खेतमा प्रहरिको गोलि लागि निधन भएका देशभक्त हरुको सम्झनामा ।
मिति-२०७२ साल साउन २३ गते मंगलबार ।
समय-रातको १ बजे ।
स्थान-कोठा ।