kapil-ghimiree-15759320

कपिल घिमिरे

जिन्दगी नाट्क, जीवन कहानी, हामीहरु पात्र
प्रेम एक,कहानी अनेक,तर प्रत्येक बिचित्र
जीवनको खुल्ला नाटकले निस्सासिएर
लागियो मन्ड्ला मन्दिर भित्र कस्सिएर
मन्चमा बिस्तार पात्रहरु बिउँझिए
मन्चको कहानी मनमा बिस्तार बिझे
मेरो कहानी मेल खायो म मुसुक्क मुसुक्क हासेँ
सायद यादहरुले सताये उ सुक्क सुक्क थाली
पग्लिएको मन अरे वा सुन्दरता क्या सुन्दरता
अनि भनिदिएँ
तिमी त के राम्री तिमी भन्दा त्यो नाकैको फुलि झन राम्रो
जुनभन्दा तिमी राम्री तिमी भन्दा त्यो टिलपिल आखाँको जाली झन राम्रो
नजरको नशाले मन मेरो फस्यो है त्यो जालिको जालैमा
मनमा बज्यो मिठो धुन आउ गाउँ प्रेम गित त्यही तालैमा
बाद्लु केश, आखाँले चुमेँ, टुप्पोमा साझँको घाम झै रातो भएछ।
सुम्सुमाएँ कपाल, चिसिएको आँखा, ओठको मुस्कान सगै सेलाएको मन तातो भएछ
टुटेको मन टाले कि थिई उस्ले,ओठ्मा हासोको लेप क्या लगाउथी
सम्बन्धको डोरिहरुमा अल्झेर लडेकी उ आज पनि हिड्दा कहिँ कतै लर्बराउथी
भलै मन गरुङो किन नहोश ,काधँको भारी उस्ले बिशाएकी छैन,
हास्छे खेल्छे उ तर आँखा नरसाएको पनि हैन
गाजलु आँखा ,चक्लेटि ओठ, मन्द रातो कपाल ,चम्किलो फुलि,रंगहीन आशुँ उसमा रङ अनेक
रातमा सगरको तारालाइ जमिनमा ल्याउने जुनकीरी म ,ती इन्द्रेणीमा आटाउन चहान्छु स्विकारी तिम्रो रङ प्रत्यकbauddha-stupa-22163220

#समर्पणउनीलाई

रोट्र्याक्टर कपिल घिमिरे
रोट्रयाक्ट क्बल अफ काठमाडौ मिड टाउन