वैशाख/जेठको प्रचण्ड घाममा पसिना चुहाउँदै एक वृद्ध भिक्षु आफ्नो आश्रमको आँगन सफा गरिरहेका थिए। उनको घरको छेवैमा यात्रुहरू हिँड्ने बाटो थियो, जहाँबाट एक अर्का भिक्षु हिँड्दै त्यहाँ आइपुगे।
दोस्रो भिक्षुले आँगन सफा गरिरहेका भिक्षुलाई सोधे- “हजुर कति वर्ष पुग्नुभयो?”
“म सतहत्तर वर्ष पुगेँ।”, पहिलो भिक्षुले जवाफ दिए।
“हजुर यत्ति बूढो भैसक्नुभयो, तैपनि किन यत्ति धेरै काम गर्नुहुन्छ?”
“म छु, त्यहि भएर काम गर्छु।”
“तर, यस्तो प्रचण्ड घाममा नै किन काम गर्नुभएको त?”
“किनभने घाम पनि छ, काम पनि छ, गर्न त परिहाल्यो।”