३१ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा ले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले कुनैपनि निर्वाचनमा भाग नलिने बताएका छन् ।

काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, हाम्रो कुरा क्लियर छ ।’ यसअघि संसोधन थाति राखेर भएपनि अरु माग पूरा गरेर चुनाव जान सकिने संकेत दिएको राजपा अहिले फेरि आफ्ना पहिलाकै अडानमा पुगेको छ ।

नेताले झाले संविधानको मस्यौदा तयार पार्दादेखि कै रिर्जर्भेशन अहिलेसम्मपनि कायमै रहेकोले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने जिकिर गरेका हुन् ।

उनले भने,‘प्रदेश नम्बर दुईको निर्वाचनमा राजपाले भाग नलिने संभावना बढि छ।’ उनले एजेण्डा र निर्वाचनमध्ये एक रोज्दा आफूहरुले एजेण्डा रोजेकोले यसअघिका निर्वाचनपनि बहिष्कार गरेको दाबी गरे ।