कुशल श्रेष्ठ

सायद तपाईँलाई यो सुनेर अचम्म लाग्न सक्छ कि तपाईँको उचाईको सीधा असर तपाईँको स्वास्थ्यमा पर्दछ। अमेरिकामा हालै भएको एक खोजबाट के कुरा प्रष्ट भयो भन्दा, जुन व्यक्तिको उचाई बढि हुन्छ, उनीहरूमा मुटुसम्बन्धी र सुगर रोग हुने खतरा कम हुन्छ, तर यसैको साथ उनीहरूलाई क्यान्सर हुने सम्भावना बढि हुन्छ।

different heightsतपाईँको उचाई भनेको तपाईँको पर्सनालिटीको एक महत्वपूर्ण हिस्सा हो। अग्ला व्यक्तिहरूले आफूमा आत्मविश्वास बढेको महशुस गर्छन्। साथै अग्ला व्यक्तिहरूप्रति विपरीतलिङ्गी पनि बढि आकर्षित हुने गर्दछन्।

तथापी, हामी जन्मनुभन्दा पहिले आमाको कोखमा हुँदा नै हाम्रो डिएनए मा यो तय भैसकेको हुन्छ कि हाम्रो उचाई कति बढ्नेछ भनेर। तर पनि केहि जेनेरेशन यताका बच्चाहरूको उचाई उनीहरूका आमाबुवाको भन्दा बढि भएको पाइएको छ। यसको मतलब जसरी बच्चाहरूको उचाई आमाबुवाको भन्दा बढि हुँदै गएको छ, त्यसरी नै उनीहरूको स्वास्थ्यमा आमाबुवाको भन्दा बढि खतरा बढेको पाइएको छ।Your-Height-and-Health-Surprising-Risks-to-Cancer-Heart-Disease-Etc

यस नयाँ अनुसन्धानबाट यो कुरा प्रष्ट भयो कि, प्रति ६.५ सेन्टिमिटर उचाईमा मुटुको रोग लाग्न सक्ने सम्भावना ६% ले कम हुँदै जान्छ भने क्यान्सर हुने सम्भावना ४% ले बढ्दै जान्छ। किनभने सामान्यभन्दा बढि कद भएको व्यक्तिको शरीरमा क्यालोरी र प्रोटिनको मात्रा पनि बढि नै हुने गर्दछ जसको कारण क्यान्सर हुन सक्ने खतरा पनि बढ्दै जान्छ।

साथै, अग्ला व्यक्तिहरूमा इन्सुलिन पैदा गर्न सक्ने क्षमता बढि हुन्छ र उनीहरूको कलेजोमा बोसोको मात्रा कमि हुन्छ, जसको कारण मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्न सक्ने खतरामा कमि आएको यस अनुसन्धानबाट प्रष्ट भएको छ।How-to-Increase-Height-Naturally

तर, केवल सीमित क्षेत्रका मानिसहरूमा गरिएको यो अनुसन्धानबाट सबैको स्वास्थ्यलाई निर्धारण गर्न भने सक्दैन। त्यसैले यदि तपाईँ अग्लो हुनुहुन्छ भन्दैमा तपाईँलाई क्यान्सर नै हुन्छ भन्ने पनि कुनै ग्यारेण्टी छैन। यदि तपाईँलाई त्यस्तै डर लाग्छ भने क्यान्सर हुनुभन्दा पहिल्यै त्यसबाट बच्ने केहि उपायहरू पनि छन्, हेर्नुहोस्ः

क्यान्सर भएको छ या छैन शङ्का लागेको छ? सङ्केत र लक्षण यस्ता हुन्छन्ः